२०८२ भाद्र १ गते आइतवार
वैदेशिक रोजगारीमा गएका नेपालीका कामदारको झण्डै १४ लाख बीमालेख सक्रिय देखिएको छ । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
प्राधिकरणका अनुसार चालु आवको आठ महिनामा कुल १३ लाख ९३ हजार ९५६ बीमालेख सक्रिय छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु अनिवार्य रुपमा म्यादी बीमा गर्नुपर्दछ । सोही अनुसार नै गरिएको बीमामा सो संख्यामा पोलेसी सक्रिय देखिएको हो। पछिल्लो समय वैदेशिक रोजगार बीमालाई पुल मार्फत सञ्चालन गरिएको छ ।
हाल नेशनल लाइफ, नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरशेन (एलआईसी नेपाल, मेट लाइफ, सुर्याज्योति लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायवल लाइफ, सिटीजन लाइफ, सानिमा लाइफ र प्रभु लाइफले वैदेशिक रोजगार बीमा गरिरहेका छन् ।
चालु आवको फागुन मसान्तसम्ममा वैदेशिक रोजगारी बीमा मार्फत कुल २ अर्ब २३ करोड १३ लाख १८ हजार रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । जुन गत माघ मसान्तसम्मको तुलनामा २६ करोड ३० लाख ८७ हजार रुपैयाँले बढी हो । गत माघसम्ममा वैदेशिक रोजगार बीमा मार्फत १ अर्ब ९६ करोड ८२ लाख ३१ हजार रुपैयाँ रहेको थियो । सो महिनासम्ममा कुल १३ लाख ६० हजार ३८८ बीमालेख सक्रिय थियो ।
वैदेशिक रोजगार मार्फत संकलन हुने बीमाशुल्क पनि उल्लेख्य रुपमा वृद्धि भएको छ । चालु आवको पहिलो महिना अर्थात साउनको तुलनामा भने ८०८ प्रतिशतले वृद्धि भएको हो । गत साउनमा कम्पनीहरुले २४ करोड ५४ लाख ७७ हजार रुपैयाँ बीमा शुल्क उठाएका थिए । चालु आवको फागुन मसान्तसम्ममा वैदेशिक रोजगार बीमा बीमाको दायित्व (बीमाङ्क रकम) ३ खर्ब ४८ अर्ब ७६ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।
चालु आवको आठ महिनामा सबैभन्दा बीमा शुल्क सन नेपाल लाइफ इन्स्योरेन्सले उठाएको छ । कम्पनीले ८३ करोड ७१ लाख ६६ हजार रुपैयाँ वैदेशिक रोजगारी बीमा मार्फत बीमा शुल्क संकलन गरेको हो । दोस्रो स्थानमा रहेको सूर्यज्योति लाइफले ३५ करोड ४३ लाख ५४ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीको वैदेशिक रोजगार बीमा कुल २ लाख ८१ हजार ९९७ बीमालेख सक्रिय छन् ।
तेस्रो स्थानमा रहेको आइएमई लाइफले पनि वैदेशिक रोजगार बीमा बापत २९ करोड १५ लाख ४४ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीको कुल ७३ हजार ३६५ बीमालेख सक्रिय छन् ।
यस्तै, सो अवधिमा नेपाल लाइफले २० करोड ४२ लाख ९ हजार रुपैयाँ, सानिमा लाइफले १५ करोड २४ लाख ५५ हजार रुपैयाँ, सिटिजनले १४ करोड ९१ लाख र रिलायवल नेपालले १० करोड ४४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुको वैदेशिक रोजगार अन्तर्गतका सक्रिय बीमालेखको संख्या १ लाख ५ हजार ६८, ३५ हजार ७१४, १ लाख ३२ हजार ६१०, २५ हजार ४५६ रहेको छ ।
त्यसैगरि नेशनल लाइफले वैदेशिक रोजगार बीमा मार्फत ८ करोड १४ लाख ७३ हजार रुपैयाँ, रिलायन्स लाइफले ३ करोड ८७ लाख ६२ हजार र प्रभु लाइफले १ करोड ७७ लाख ४५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुको सक्रिय वैदेशिक बीमालेखको संख्या भने क्रमशः २४ हजार ७६८, १० हजार १९४ र ४ हजार ७४ रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij