Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

आज हरियो तरकारीदेखि फलफूलसम्मको मूल्य प्रतिकेजी कति ?

आज हरियो तरकारीदेखि फलफूलसम्मको मूल्य प्रतिकेजी कति ?


  • 2.3K
    Shares

    • images
    आज हरियो तरकारीदेखि फलफूलसम्मको मूल्य प्रतिकेजी कति ?
    images

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

    जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ९० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ४० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २५ रुपैयाँ, सेतो आलु १८ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २६० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

    त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ११० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, लोकल परवर ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदिना २०० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ कायम गरिएको छ ।

    ब्रोकाउली ९० रुपैयाँ, भ्यान्टा लाम्चो ४० रुपैयाँ, भिण्डी १३० रुपैयाँ केजी, रुख टमाटर १३० रुपैयाँ, रुख कटहर ९० रुपैयाँ, भुईँ कटहर १८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ५० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँ पाइने समितिले जनाएको छ ।

    यसैगरी, ताजा छडी माछा प्रतिकेजी २८० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३२० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

    प्रकाशित मिति :चैत्र १३ २०७९ सोमवार - ०९:१०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij