Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कृषि विकास बैंकको आयोजनामा पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कृषि विकास बैंकको आयोजनामा पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


  • 2.5K
    Shares

    कृषि विकास बैंकको आयोजनामा पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    स्थायी नाराका साथ हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी वीकको एघारौं संस्करण प्लान योर मनी, प्लान्ट योर फिउचर भन्ने नाराका साथ यस बर्ष मार्च ६ देखि १२ सम्म देशभर बैंक तथा वित्तीय संस्थाहरुको प्रत्यक्ष संलग्नतामा वित्तीय साक्षरता कार्यक्रमका साथ मनाइदैछ ।यसै क्रममा कृषि विकास बैंक गण्डकी प्रदेश कार्यालय, पोखराको आयोजनामा यहि चैत्र ९ गते पोखराको गुरुकुल विद्यासदन नयाँबजार पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

    त्यस विद्यालयमा कक्षा ११ मा विज्ञान मुख्य विषय लिई अध्ययनरत करिव ७० जना विद्यार्थीहरुलाई कृषि विकास बैंकका उपमहाप्रवन्धक प्रेम कुमार श्रेष्ठ र नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक आर्या जोशीज्यूले वित्तीय साक्षरता सम्वन्धमा प्रशिक्षण दिएका थिए ।

    कार्यक्रममा विद्यार्थीहरुलाई बैंकको विकासक्रम, बचत गर्ने बानी, बचतको महत्व र बचतलाई आफ्नो आवश्यकता अनुसार बैंकको विभिन्न किसिमका खातामा जम्मा गर्ने, यसले पार्ने सकारात्मक प्रभाव, बैंकले उपलब्ध गराउने कर्जाका प्रकारहरु र कृषि विकास बैंकले उपलब्ध गराउने निक्षेप तथा कर्जाका किसिमका अतिरिक्त विभिन्न डिजिटल प्रडक्टहरु र त्यसको उपयोगिताका साथै वित्तीय अनुशासनका बारेमा पनि विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

    गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक प्रकाश कंडेलको अध्यक्षता, नेपाल राष्ट्र बैंक पोखराका निर्देशक आर्या जोशीको प्रमुख आतिथ्यता र कृषि विकास बैंक मुख्य कार्यालयका उपमहाप्रबन्धक प्रेम कुमार श्रेष्ठको विशिष्ट आतित्थता रहेको उक्त कार्यक्रममा प्रदेश कार्यालय पोखराका बरिष्ठ शाखा प्रमुखहरु कृष्ण कुमारी पौडेल, महेश पौडेल, भिम सुवेदी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको अन्त्यमा उपमहाप्रबन्धक श्रेष्ठबाट नेपाल राष्ट्र बैंक पोखराका निर्देशक आर्या जोशी र गुरुकुल विद्यासदनका प्राचार्य नारायण आचार्यलाई बैंकको तर्फबाट मायाको चिनो गरेका थिए भने बैंकको नयाँबजार शाखा कार्यालयका प्रबन्धक हिमलाल श्रेष्ठको नेतृत्वमा उपस्थित कर्मचारीहरुले विद्यार्थीहरुको बैंक खाता खोल्ने काम समेत गर्नु भएको थियो भने अनलाइन खाता खोल्न पनि सिकाइएको थियो ।

     

    यो पनि पढ्नुहोस

    प्रकाशित मिति :चैत्र १२ २०७९ आइतवार - १५:०४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij