गुराँस लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। चैत्र ९ गते बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हालको चुक्ता पूँजीको १३.२७१२ बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। बोनस सेयरको लागि कर भने सेयरधनी आफैले तिर्नु पर्ने कम्पनीले जनाएको छ।उक्त लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २३ करोड ९३ लाख रहेको छ ।