२०८२ मंसिर १५ गते सोमवार
काठमाडौं । आफूखुसी गैरहाजिर भएका १० जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । आज सार्वजनिक सूचना जारी गर्दै कार्यालयले गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण पेश गर्न भनेको हो । अन्यथा आवश्यक कारबाही गर्ने चेतावनी प्रहरी प्रधान कार्यालय नक्शालले दिएको छ ।
कार्यालयका अनुसार केन्द्रीय अनुसन्धान व्युरो महाराजगञ्ज दरबन्दी भएका प्रहरी हबल्दार दिपेन्द्र सिंह २०७८ फागुन १० गतेदेखि सम्पर्कमा छैनन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij