Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सामसङका ग्यालेक्सी ए ३४ र ए ५४ आउँदै

सामसङका ग्यालेक्सी ए ३४ र ए ५४ आउँदै


  • 2.3K
    Shares

    सामसङका ग्यालेक्सी ए ३४ र ए ५४ आउँदै

    काठमाडौँ । सामसङले ए सिरिजका नयाँ स्मार्टफोन नेपाल ल्याउने तयारी गरेको छ । ग्यालेक्सी ए ३४ (फाइभजी) र ए ५४ (फाइभ जी) फोन ल्याउन लागिएको सामसङ नेपालले जनाएको छ । यी फोनमा तीन लेन्सयुक्त रियर क्यामरा र नाइटोग्राफीजस्ता मुख्य विशेषता छन् ।

    कम्पनीका अनुसार दुवै स्मार्टफोन प्रारम्भिक लेन्सका साथ केही अपग्रेड भएर आउने छन् । ग्यालेक्सी ए ३४ मा ४८ एमपी प्राइमेरी क्यामरा र २ एमपीको म्याक्रो लेन्स रहनेछ भने ग्यालेक्सी ए ५४ मा ५ एमपी म्याक्रो लेन्ससहित ५० एमपी प्राइमरी क्यामेरा रहनेछ । दुवै फोनहरुमा ८ एमपीको अल्ट्रा वाइड एङ्गल लेन्स जडित छ । यी लेन्सहरुले नाइटोग्राफी विशेषता, ब्लर कम भएको रात्रिकालीन स्तरीय फोटो/भिडियो खिच्न सकिने कम्पनीको दाबी छ । 'यी फोनहरु पानी र धुलो प्रतिरोधक, आईपी ६७ र कर्निङ्ग गोरिल्ला ग्लास ५ वर्षको सुरक्षण अद्यावधिक तथा सामसङ सिग्नेचर नक्स सेक्युरिटीको साथमा हुनेछन्' कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    प्रकाशित मिति :चैत्र ९ २०७९ बिहिवार - २०:१८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij