Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

पत्रकारको भौतिक सुरक्षाका लागि स्थायी प्रवृत्तिको कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

पत्रकारको भौतिक सुरक्षाका लागि स्थायी प्रवृत्तिको कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा


  • 1.8K
    Shares

    पत्रकारको भौतिक सुरक्षाका लागि स्थायी प्रवृत्तिको कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन् । बिहीबार ललितपुरमा सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।

    उनले सम्पूर्ण पत्रकारको स्वास्थ्य, दुर्घटना एवं हुलदंगा र आतंकको बिमा, साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने बताए ।

    आम सञ्चारमाध्यमलाई सम्बन्धित भूगोलमा बसोबास गर्ने जनसंख्याप्रति लक्षित गरी राष्ट्रिय, प्रादेशिक वा स्थानीय गैरनाफामूलक वा व्यापारिक उद्देश्यका साथ सञ्चालित सञ्चारमाध्यम तथा स्वरोजगार साना, मझौला र ठूला लगानीका आधारमा वर्गीकरण गरी सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीको सीप तथा दक्षता अभिवृद्धि र अध्यावधिक गर्न एवं उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न संघ र प्रदेश तहमा आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

    प्रेस स्वतन्त्रता र सबलीकरणको सवालमा सरकारको तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता उनले जनाए ।

    प्रकाशित मिति :चैत्र ९ २०७९ बिहिवार - १३:३२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij