Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

दादुरा रोगबाट सर्तक रहन १ वडा कोपुण्डोलको आह्वान

दादुरा रोगबाट सर्तक रहन १ वडा कोपुण्डोलको आह्वान


  • 4.7K
    Shares

    • images
    दादुरा रोगबाट सर्तक रहन १ वडा कोपुण्डोलको आह्वान
    images

    ललितपुर महानगरपालिका वडा नं १ कोपुण्डोलका विभिन्न विद्यालयमा दादुरा रोगको शंकास्पद विरामी भेटिएको पाइएको छ । 

    हालसम्म लक्षण देखिएका १० जना विद्यार्थीहरुको रिर्पोट परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र पाटन अस्पतालमा पठाइएको छ ।

    सोमबार ललितपुर महानगरपालिका १ वडाका वडा अध्यक्ष निर्मल तण्डुकारको अध्यक्षतामा बसेको आकस्मिक बैठकले दादुरा रोग नियन्त्रण तथा रोकथामको लागि स्वास्थ्यकर्मी परिचालन, तथ्यांक संकलन, औषधीको व्यवस्थापन, जनचेतनाको कार्यक्रम अघि बढाउने निर्णय गरिएको थियो ।

    उक्त बैठकमा ललितपुर महानगरपालिकाका प्रवक्ता एवम् सामाजिक विकास समितिका संयोजक राजु महर्जन, जनस्वास्थ्य अधिकृत सरिता महर्जन, नाइटिँगेल स्कुल र नार्गाजुरा एकेडेमीका प्रिन्सिपल लगायत सरोकारवाला निकायका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

    दादुरा रुवेलाको महामारीलाई नियन्त्रण तथा रोकथाम गर्नको लागि विरामी देखिएका विद्यालय बन्द गर्ने तयारी समेत भईरहेको जनाइएको छ ।

    आधारभूत स्वास्थ्य केन्द्र १ वडाका प्रमुख मघुकरमणी आचार्यका अनुसार दादुरा सरुवा रोग भएको हुँदा यसको लक्षण देखिएमा छुट्टै आइसोलेसन बस्न र तत्काल वडामा जानकारी गराईदिन समेत अनुरोध गरेका थिए ।

    प्रकाशित मिति :चैत्र ८ २०७९ बुधवार - १६:४९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij