Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

वर्ल्डलिंकले भित्र्यायो २ अर्ब विदेशी लगानी, इन्टरनेटमा अहिलेसम्मकै बढी

वर्ल्डलिंकले भित्र्यायो २ अर्ब विदेशी लगानी, इन्टरनेटमा अहिलेसम्मकै बढी


  • 2.5K
    Shares

    वर्ल्डलिंकले भित्र्यायो २ अर्ब विदेशी लगानी, इन्टरनेटमा अहिलेसम्मकै बढी

    काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले १ अर्ब ९८ करोड विदेशी लगानी ल्याएको छ ।

    दोस्रो चरणमा सो लगानी ल्याएको कम्पनीले बताएको छ । पहिलो चरणमा २ अर्ब विदेशी लगानी ल्याएको थियो । भने, हालसम्म वर्ल्डलिंकले ३ अर्ब ३३ करोड विदेशी लगानी ल्याएको हो ।

    कम्पनीले ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टबाट १ अर्ब ८ करोड र डोल्मा ईम्प्याक्ट फण्ड २ बाट ९० करोड गरी कुल १ अर्ब ९८ करोड विदेशी लगानी भित्र्याएको हो ।

    सन् २०१९ को अक्टोबरमा कम्पनीले ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टबाट १ अर्ब ३५ करोड विदेशी लगानी ल्याएको थियो । यस सँगै कम्पनीले ल्याएको विदेशी लगानीको आकार ३ अर्ब ३३ करोड पुगेको छ ।

    नयाँ विदेशी लगानीबाट इन्टरनेटको सेवा विस्तार र नयाँ १ हजार रोजगारी थपिने कम्पनीले बताएको छ ।

     

    प्रकाशित मिति :चैत्र ७ २०७९ मंगलवार - १३:५८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij