२०८२ भाद्र १० गते मंगलवार
हिरो इलेक्ट्रीक स्कुटर कम्पनीले एकैपटक तीन नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा हिरो इलेक्ट्रीकले अप्टिमा ५.०, अप्टिमा २.० र एनवाइएक्स इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो ।
कम्पनीले कम्फर्ट, स्पीड र सिटी स्पीड सेग्मेन्टका स्कुटरहरू सार्वजनिक गरेको हो । ती स्कुटर जर्मन ईसीयू टेक्नोलोजी प्रयोग गरेर बनाइएको कम्पनीले जनाएको छ ।
तीनओटै स्कुटरमा सुरक्षाका लागि ब्याट्री सेफ्टी आर्लाम, ड्राइभ मोड लक, रिभर्स रोल प्रोटेक्सन र साइड स्ट्यान्ड सेन्सर जस्ता सेफ्टी फिचर्सहरू उपलब्ध रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij