Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

एनएमबी बैंकले दियो नेपाली राष्ट्रिय क्रिकेट टोलीका १६ खेलाडीहरूलाई पुरस्कार

एनएमबी बैंकले दियो नेपाली राष्ट्रिय क्रिकेट टोलीका १६ खेलाडीहरूलाई पुरस्कार


  • 1.8K
    Shares

    एनएमबी बैंकले दियो नेपाली राष्ट्रिय क्रिकेट टोलीका १६ खेलाडीहरूलाई पुरस्कार
    images

    एनएमबी  बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमको १६ जनालाई दुई हजार एक सय रूपैयाँ पुरस्कार दिएको छ। 

    बैंकले खेलाडीहरूलाई सम्मान र हौसला स्वरुप उक्त पुरस्कार दिएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले खेलाडीहरु राष्ट्रका  गौरव भएको बताउँदै सम्मान र हौसला प्रदान गर्ने उद्देश्यले पुरस्कार दिएको बताए। 

    २०१९ देखि शुरु भएको यस विश्व क्रिकेट लिग –२ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेर नेपाल आज हुन गईरहेको फाइनल म्याचमा युएआइसँग भिडदैछ। 

    आजको खेलमा जित हात पारेमा नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट हुनेछ जसमा नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रहरुसँग खेल्ने मौका पनि पाउनेछ। 

    यो नगद पुरस्कारले खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ।

    प्रकाशित मिति :चैत्र २ २०७९ बिहिवार - १६:००:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij