२०८२ भाद्र १० गते मंगलवार
जम्बो मोटर्सले नेपाली बजारमा ब्राभोको नयाँ विद्युतीय स्कुटर ल्याएको छ।
कम्पनीका अनुसार ब्राभोको मूल्य २ लाख ७० हजार रुपैयाँबाट सुरु हुन्छ। यसको अर्को भेरियन्ट क्यापाचिनोको एस ४ लाख २९ हजार र जम्बो ब्राभोको मूल्य ३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर बिक्री भइरहेको कम्पनीले जनाएको छ।
विद्युतीय स्कुटरको नयाँ मोडलमा १.६ किलोवाटको ब्याट्री छ। उक्त ब्याट्रीलाई २ घन्टामा ९९ प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यसमा मोटर ४.७ किलोवाट क्षमताको छ। यो नयाँ भेरियन्टको स्कुटर विभिन्न ३ कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
जसमा ब्लुस्काई ह्वाइट बोर्डरमा, ब्लुस्काई क्रोम फिनिस्डमा रहेका छन्। क्यापाचिनो एक पटकको फुल चार्जमा १४० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ।
स्कुटरमा टीएफटी डिस्प्ले, की लेस स्टार्ट, फराकिला टायर, टेलिस्कोपिक सस्पेन्सन, एलइडी लाइट्स, डिस्क ब्रेक, बुट स्पेस जस्ता फीचर उपलब्ध छन्।
कम्पनीले यसमा फास्ट चार्जर उपलब्ध गराउने जनाएको छ। यसमा रहेको ब्याट्रीलाई फुल चार्जमा भेरियन्ट अनुसार १२० किलोमिटरदेखि २४० किलोमिटरसम्म चलाउन सकिने पनि कम्पनीको दाबी छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij