Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

वीर अस्पतालका पाँच स्टाफ नर्सलाई सेवाबाट हटाइयो

वीर अस्पतालका पाँच स्टाफ नर्सलाई सेवाबाट हटाइयो


  • 4.9K
    Shares

    • images
    वीर अस्पतालका पाँच स्टाफ नर्सलाई सेवाबाट हटाइयो
    images

    काठमाडौं । वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ ।

    सेवाबाट हटाइनेमा पाँचौ तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुन रहेका छन् ।

    अस्पतालमा जानकारी नगराई बिदा बसेको र सूचना प्रकाशित गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरुलाई प्रक्रिया पुर्‍याएर सेवाबाट हटाइएको हो ।

    अस्पतालका अनुसार ढकाल  २०७६ फागुन १५, लम्साल ०७५ असार २२ गते,  श्रेष्ठ ०७६ असोज १ गते, सिटौला ०७४ चैत १ गते र पुन ०७५ पुस १३ गतेदेखि जानकारी नगराई सम्पर्कविहीन भएका थिए ।

    पाँचै जनाको नाममा ३० दिनभित्र सम्पर्कमा आउन सूचना जारी गर्दा पनि हाजिर हुन नआएपछि सेवाबाट हटाइएको अस्पतालले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण ३० २०७९ मंगलवार - ११:०९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij