Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?


  • 2.1K
    Shares

    • images
    आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
    images

    काठमाडौँ । नेपाली बजारमा आज लगातार तेस्रो दिन पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै लगातार तस्रो दिन सुनको मूल्य उकालो लागेको जानकारी दिएको हो । आज सुनको मूल्यमा ६०० रुपैयाँको वृद्धि आएको छ ।

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाली बजारमा आइतबार ८०० र सोमबार १७ सय रुपैयाँले बढेको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले हिजो सामेबारको तुलनामा चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १ हजार २५५ रुपैयाँ कायम छ ।

    प्रकाशित मिति :फाल्गुण २९ २०७९ सोमवार - १०:५४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij