Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

फागुन ३० गते सार्वजनिक बिदा

फागुन ३० गते सार्वजनिक बिदा


  • 55.8K
    Shares

    फागुन ३० गते सार्वजनिक बिदा

    कैलाली । आगामी फागुन ३० गते कैलाली र कञ्चनपुरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको छ ।

    राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बिदा दिने निर्णय गरेको हो ।

    प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गरेर कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएको जानकारी गराइको हो । यसअघि चैत १ गते बिदा दिने निर्णय गरेको भए पनि अहिले फागुन ३० गते बिदा दिने गरी मिति संशोधन गरिएको जनाएको छ ।

    कञ्चनपुर र कैलालीमा बसोबास गर्ने राना थारु समुदायले आफ्नो सबैभन्दा ठूलो महत्त्वपूर्ण पर्व होरीको अन्तिम दिनका रुपमा खखडेहरा मनाउँछन् । एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन राना थारु समुदायले खखडेहरा मनाउने गर्दछन् ।

    सूचना

    333226580_927071868638277_94603444073916260_n.png

    प्रकाशित मिति :फाल्गुण २८ २०७९ आइतवार - २१:०१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij