Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

चैत २ गतेदेखि क्यान इन्फोटेक सुरू, पब्जी प्रतियोगिता र आइसिटी सेमिनार पनि हुने

चैत २ गतेदेखि क्यान इन्फोटेक सुरू, पब्जी प्रतियोगिता र आइसिटी सेमिनार पनि हुने


  • 2.4K
    Shares

    चैत २ गतेदेखि क्यान इन्फोटेक सुरू, पब्जी प्रतियोगिता र आइसिटी सेमिनार पनि हुने

    बागमती प्रदेशको राजधानी हेटौंडामा चैत २ गतेदेखि आईकन सफ्ट क्यान इन्फोटेक सुरू हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ मकवानपुर शाखा र बागमती प्रदेशको आयोजना हुने इन्फोटेक चैत ६ गतेसम्म सञ्चालन हुनेछ ।

    इन्फोटेकमा सूचना प्रविधिको वृहत् प्रदर्शनीका साथै रोबोट, पब्जी प्रतियोगिता, आइसिटी सेमिनार समेत हुनेछन् ।हेटौंडाको रोयल पार्टी प्यालेसमा आयोजना हुने मेलामा हार्डवेयर, प्रिन्टर, सफ्टवेयर, सर्भिसिङ क्याम्प, एप्लिेकेशन डिभाइस, वीमासम्बन्धी प्रदर्शनी तथा विक्री स्टल रहने आयोजकको भनाइ छ । 

    मेलामा कुल ४० वटा स्टल रहने छन् । कृषिमा डिजिटलाइजेसनको प्रयोग, नेटवर्किङ र सीसी टिभी तालिम हुने जनाएको छ।

    रोबोट र पब्जी प्रतियोगिताका विजेतालाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिने छ । शिक्षक, विद्यार्थी तथा युवालक्षित साइबर सुरक्षाजस्ता ३ वटा आइसिटी सेमिनारसमेत सञ्चालन हुनेछ । 

    इन्फोटेकको शीर्ष प्रायोजन आईकन सफ्टले गरेको छ । त्यस्तै डाइयमण्ड स्पोन्सर हाइक भिजन, बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंक, ई-टिकेट पार्टनर सजिलो पे, प्रिन्टिङ पार्टनर प्यान्टम रहेका छन् । 

    त्यस्तै गोल्ड स्पोन्सरमा साओमी, ओकाया, के सेभेन सेक्युरिटी, एस्टर क्लिक लगायतका रहेका छन् । यसका साथै अन्य सरकारी संस्थाको समेत सहयोग रहेको छ । 

     


     

    प्रकाशित मिति :फाल्गुण २८ २०७९ आइतवार - १३:०२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij