Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

उपराष्ट्रपतिमा जसपाबाट प्रमिला यादव र रामसहायप्रसाद यादव उम्मेदवार

उपराष्ट्रपतिमा जसपाबाट प्रमिला यादव र रामसहायप्रसाद यादव उम्मेदवार


  • 4.4K
    Shares

    उपराष्ट्रपतिमा जसपाबाट प्रमिला यादव र रामसहायप्रसाद यादव उम्मेदवार

    जनता समाजवादी पार्टीले दुई जनालाई उपराष्ट्रपतिका उम्मेदवार बनाएको छ।

    पार्टीले प्रमिला यादव र रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाएको कार्यकारिणी सदस्य एवं सांसद प्रकाश अधिकारीले बताएका छन्। प्रमिला राष्ट्रियसभा सदस्य हुन्। उनी जसपाकी राजनीतिक समिति सदस्य हुन्।

    शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले खस-आर्य बाहेकका समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो। उपराष्ट्रपति उम्मेदवार महिला कि पुरूष बनाउने भन्ने विवाद छ। यो विवाद भोलि अदालतमा परे उम्मेदवारी खारेज भएको अवस्थामा प्रमिला यादवलाई उम्मेदवार बनाउने निर्णय जसपाले गरेको हो।

    आजै सत्तागठबन्धनले जसपालाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपराष्ट्रपतिमा पुरूषको उम्मेदवारी दर्ता नहुने बताएका थिए। ‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनुपर्ने भन्ने कुरा संविधानमा लेखिएको छ। आयोगले त्यसै अनुसार निर्देशन दिएको हो,’ थपलियाले भनेका थिए,‘रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेकाले खस-आर्य समुदायका महिलाले पनि उम्मेदवारी दिन पाउनु हुन्न।’

    आगामी चैत ३ गते हुने शुक्रबार हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ। निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्नेछ।

    प्रकाशित मिति :फाल्गुण २७ २०७९ शनिवार - १२:२८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij