Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

हिरोको सुपर स्प्लेन्डरको २०२३ भर्सन सार्वजनिक

हिरोको सुपर स्प्लेन्डरको २०२३ भर्सन सार्वजनिक


  • 1.7K
    Shares

    • images
    हिरोको सुपर स्प्लेन्डरको २०२३ भर्सन सार्वजनिक
    images

    भारतीय मोटरसाइकल कम्पनी हिरोले सुपर स्प्लेन्डरको २०२३ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले स्मार्ट कनेक्ट फिचरसहितको सुपर स्प्लेन्डर सार्वजनिक गरेको हो । कम्पनीले विभिन्न फिचरहरू परिमार्जन गरेर २०२३ भर्सन सुपर स्प्लेन्डर एक्सटेक सार्वजनिक गरेको हो ।

    सुपर स्प्लेन्डर एक्सटेकमा एलईडी हेडल्याम्प, एलईडी डीआरएल लाइट दिइएको छ । यसको टर्न इन्डिकेटर र टेल ल्याम्प भने हलोजीन बल्बमा पाउन सकिन्छ । कम्पनीले नयाँ बाइकमा हेडल्याम्प काउल र भाइजर पनि अपडेट गरेको छ।

    कम्पनीले नयाँ भर्सनमा स्मार्ट कनेन्ट फिचरसहितको फुल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिएको छ । यसमा ब्लुटुथ कनेक्टिभिटी सहितको डिजिटल स्पिडोमिटर पाउन सकिन्छ । यसमा कल अर्लट तथा एसएमएस अर्लट नोटिफिकेशन पाउन सकिन्छ ।

    यसका साथै, चालकले रियल टाइम माइलेज, साइड स्ट्यान्डका इन्डिकेसन, हाई बिम र फ्युल कम भए नभएको पनि हेर्न सकिन्छ । यसमा यूएसबी चार्जिङ पोर्ट पनि पाउन सकिन्छ ।

    कम्पनीले यसको इन्जिनमा भने कुनै परिर्वतन गरेको छैन् । यो बाइकमा १२४।७ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यसले अधिकतम १०।७ बीएचपी र १०।६ एनएम पीक टर्क जेनेरेट गर्छ। यसलाई ५ स्पीड गियरबक्ससँग जडान गरिएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण २५ २०७९ बिहिवार - १५:२४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij