Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

ओखलढुङ्गा जिप दुर्घटना: २ को मृत्यु, घाइतेलाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो

ओखलढुङ्गा जिप दुर्घटना: २ को मृत्यु, घाइतेलाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो


  • 3.0K
    Shares

    ओखलढुङ्गा जिप दुर्घटना: २ को मृत्यु, घाइतेलाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो

    ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–३ दियालेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चिसंखुगढी–३ घर भएका मीनबहादुर श्रेष्ठसहित दुई जना छन् ।

    ना.१ ज ८४८३ नम्बरको बोलेरोमा १३ जना सवार रहेको बुझिएको छ। दुर्घटनामा घाइते भएका मध्ये ४ जनालाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । अरू गम्भीर घाइतेहरूलाई पनि हेलिकप्टरबाट उद्धार भइरहेको प्रहरीले जनाएको छ।

    जिप सुमन कार्कीले चलाएका थिए । दुर्घटनामा परेर घाइते हुनेमा भक्त बहादुर थापा, चालक सुमन कार्की, तुलसा धमला, २ वर्षीय बालक विनय धमला, तीर्थलक्ष्मी श्रेष्ठ, केन्द्रबहादुर कार्की, आयुशा श्रेष्ठ, शर्मिला श्रेष्ठ, ४ वर्षीय लरिसा श्रेष्ठ र खेमबहादुर खत्री छन् ।

    प्रकाशित मिति :फाल्गुण २१ २०७९ आइतवार - १२:०९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij