Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?


  • 2.1K
    Shares

    • images
    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
    images

    काठमाडौं। आज सुनचाँदीको भाउ बढेको छ । मंगलबार तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    तेजावी सुनको भाउ पनि आज प्रतितोला ५ सय रुपैयाँले नै बढेर तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

    त्यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर तोलाको १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ८७ हजार ७ सय ५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८७ हजार २ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ८९ रुपैयाँ कायम गरिएको जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७९ बुधवार - ११:३८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij