Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी गर्नेहरुको रोजाईको केन्द्र बन्दै ‘ओटीस’

लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी गर्नेहरुको रोजाईको केन्द्र बन्दै ‘ओटीस’


  • 3.0K
    Shares

    लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी गर्नेहरुको रोजाईको केन्द्र बन्दै ‘ओटीस’

    लोकसेवा तथा शिक्षक सेवा परिक्षा तयारी गरेका विद्यार्थीहरुका लागि भर्चुअल माध्यायमबाट रेकर्डेड तयारी कक्षाहरु  बिद्यार्थीहरुको हातमा पुर्याउने लक्ष्य सहित संचालन भएको नेपालको पहिलो ई–लर्निंग प्लेटफर्म ओटीस एक भरपर्दो माध्याम हो । 

    देश तथा विदेशको दुर–दराजमा रहेका र नेपालमै रोजगारी खोजीरहेका युवाहरुका लागि यो उपयोगी हुन सक्छ । (OTTISH) नेपालमा भएको पहिलो लक्डाउन अगाडी नै संचालनमा आएको हो भने यसलाई नेपालकै प्रतिष्ठित पेशामा रहेका युवा चार्टर्ड एकाउन्टेन्टहरुको समुहले नेपाली बजारमा  ल्याएका हुन् । 

     संचालनको सुरुको दिनहरुमा भर्चुअल माध्यायमबाट घरमै बसेर पनि पढ्न मिल्छ भन्ने कुरा बिध्यार्थीहरुले सुन्दा  अचम्म मान्ने गर्थे   । तर कोभिड महामारीको बेला जुम, मिट र टिम जस्ता अनलाईनबाट कन्फेरेन्स र मिटिंग गर्न मिल्ने प्लेटफर्महरुको बढ्दो प्रयोगले नेपाली बजारमा पनि उत्तिकै चर्चा पायो  । 

    सुरुको दिनहरुमा लोकसेवाले लिने  प्रतिष्पर्धात्मक परीक्षाको तयारी गराउनको लागि आफ्नो सेवा केन्द्रित गरेको ओटीसले बिद्यार्थीहरुको माग बमोजिम शिक्षक सेवा आयोग, बैंकिंग सेवा, इन्जिनियरिंग सेवा, संस्थान तर्फका सेवा, भाषा कक्षा, चार्टर्ड एकाउन्टेन्सी कक्षा जस्ता विभिन्न कोर्षहरु गरि करिव दुई सय भन्दा बढि कक्षाहरु दिने गर्दछ । 

    करिव ७० हजार भन्दा बढी बिद्यार्थीहरु ओटीस लर्निंग एप मार्फत प्रत्यक्ष  जोडिएका छन् ।  निःशुल्क देखि प्रिमियम मोडेलका रेकर्डेड कक्षाहरु प्रदान गर्दै आइरहेको ओटीसले पछिल्लो दिनहरुमा बिना इन्टरनेट अफलाइनबाट पनि कक्षा लिन मिल्ने गरि आफ्नो सेवा संचालन गरेको छ । 

    जसले गर्दा नेटवर्कको समस्या भईरहने ग्रामिण क्षेत्रका बिद्यार्थीहरुले अफलाइनबाट पनि  कक्षा लिन पाउने भएका छन् ।  
    आफ्नै स्टुडियोमा भिडिओ सुट गरेर तयार  पारेको रेकर्डेड मोडेलमा प्रदान गरेका भिडिओ कक्षाहरुमा प्रशिक्षकहरुको एकतर्फी  प्रश्तुती  हुन्छन् । बिद्यार्थीहरुले आफ्ना जिज्ञासा सोही समयमा प्रशिक्षकहरु मार्फत समाधान गर्न नमिल्ने कुरालाई मध्यनजर गर्दै एपमा कमेन्ट गरी प्रश्न सोध्न सक्ने सुबिधा दिइएको छ । 

    बस्तुगत परिक्षाको माध्यायमबाट आफ्नो स्व–मुल्यांकन गर्नको लागि एपमा नै अनलाइन परिक्षा दिएर तुरुन्त आफ्नो रिजल्ट थाहा पाउन सक्छन । यसरी परिक्षा दिदा आफुले दिएको परीक्षाको सहि उत्तर सहित बिगारेको प्रश्नको पनि ठिक उत्तर कुन हो र किन ठिक भयो भनेर समेत कारण सहित हेर्न पाउने व्यवस्था एमा रहेको छ । 
    ्र
    ओटीसले आफ्नो स्थापनादेखि नै  गरिब तथा जेहेन्दार र शारीरिक अपांगता भएका बिद्यार्थीहरुलाई  तयारी कक्षाहरुमा आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको छ । ५  दर्जन भन्दा बढी बिद्यार्थीहरु छात्रवृतिमा तयारी गरिसकेका छन्  । 

    भौतिक र जुमबाट हुने कक्षाहरुलाई पछि पार्दै ओटीसको रेकर्डेड कक्षाहरु बिद्यार्थीहरु माझ लोकप्रिय बन्दै गईरहेको छ l अनुभवी लेखक तथा सम्बन्धित विधाका प्रखर प्रशिक्षकहरुलाई मात्र आफ्नो प्लेटफर्ममा स्वागत गर्ने संस्कार बनाएको ओटीसमा अधिकांश प्रशिक्षकहरु बिद्यार्थीहरुले रोजेका र खोजेका प्रशिक्षकहरु छन् । 

    २०७८ सालमा मात्र ओटीस बाट अध्ययन गरि तयारी गरेका हजारौं जना बिद्यार्थीहरु निजामती सेवा, शिक्षक सेवा र अन्य सेवाको लागि सिफारिस भईसकेको ओटिसले जनाएको छ । 

    प्रकाशित मिति :फाल्गुण १३ २०७९ शनिवार - १९:१९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij