Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

सन्दीपलाई तत्काल विदेश जान सर्वोच्चले दिएन अनुमति, आइतवार दुवै रिटमा एकमुष्ट सुनुवाइ

सन्दीपलाई तत्काल विदेश जान सर्वोच्चले दिएन अनुमति, आइतवार दुवै रिटमा एकमुष्ट सुनुवाइ


  • 2.6K
    Shares

    सन्दीपलाई तत्काल विदेश जान सर्वोच्चले दिएन अनुमति, आइतवार दुवै रिटमा एकमुष्ट सुनुवाइ
    images

    काठमाडौं । राष्ट्रिय टिममा रहेर भोलि यूएइ भ्रमणमा जान नपाउने भएका छन् । सन्दीपले विदेश भ्रमणको प्रतिवन्ध फुकुवा गर्न माग गर्दै दिएको निवेदनमा आज अदालतले आज निर्णय नलिएपछि सो सम्भावना टरेको हो ।

    सन्दीपले गरेको पुनरावेदनको अर्को पेसी आइतबारलाई तोकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइको क्रममा सरकारी पक्ष र सन्दीप दुवैको पुनरावेदनको निवेदन अग्राधिकारसहित एकै ठाउँमा राखेर आइतबार सुनुवाइ गर्ने आदेश भएको हाे ।

    युएईमा नेपाल, यूएई र पपुवा न्यूगिनीबीचको त्रिकोणात्मक श्रृंखला सोमबार सुरु हुँदैछ । यसैलाई ध्यानमा राखेर सन्दीपको पुनरावेदनलाई अग्राधिकार दिइएको अदालत स्रोतले बताएको छ । आइतबारको सुनवाईले सन्दीपको प्रतिवन्ध फुकुवा गरे उनी यूएईमा हुने श्रृंखलामा भाग लिन भ्याउन सक्छन् । नेपालको राष्ट्रिय टिम भने भोलि नै यूएई प्रस्थान गर्दैछ ।

    उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको थियो जसले गर्दा यूएईमा खेल्न जाने नेपाली राष्ट्रिय टीममा उनी समावेश छैनन् । सन्दीपले उक्त रोक हटाएर आफूलाई यूएई जाने अनुमति दिन निवेदनमा आग्रह गरेका छन् । यता सरकारी वकिल पक्षले पाटन उच्च अदालतको धरौटीमा छाड्ने आदेशविरुद्ध दर्ता गरेको पुनरावेदनको आजको सुनुवाइ भने हेर्न नभ्याइनेमा परेको थियाे ।

    प्रकाशित मिति :फाल्गुण १२ २०७९ शुक्रवार - १७:४२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij