Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

भिमसेनथापा गाउँपालिकाले पालिकाभर फाल्गुन १३ देखि नसर्ने रोगहरुको स्क्रिनिङ गर्ने

भिमसेनथापा गाउँपालिकाले पालिकाभर फाल्गुन १३ देखि नसर्ने रोगहरुको स्क्रिनिङ गर्ने


  • 2.3K
    Shares

    भिमसेनथापा गाउँपालिकाले पालिकाभर फाल्गुन १३ देखि नसर्ने रोगहरुको स्क्रिनिङ गर्ने

    गोरखाको भिमसेनथापा गाउँपालिकाले गाउँपालिकाका प्रत्येक समुदायसम्म पुग्नेगरि नसर्ने रोगहरुको स्क्रिनिङ गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
    फाल्गुन १३ गते शनिवारदेखि सुरु हुने कार्यक्रममा मुटु रोग, स्वासप्रस्वास सम्बन्धि रोग, पाठेघरको क्यान्सर, मधुमेह, उच्च रक्तचाप लगायत रोगहरुको स्क्रिनिङ गर्ने जनाएको हो ।

    गाउँपालिकामा रहेका आठै वडाका स्वास्थ्यसंस्था मार्फत विशेषज्ञ चिकित्सकको उपस्थितिमा दक्ष स्वास्थ्यकर्मीको समुहबाट रोगको परिक्षण र पहिचान हुने गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले बताए ।

    ” मुटुको इसिजी , पिसाब जाँच ,पाठेघरको क्यान्सर पहिचानमा गरिने VIA जाँच , फोक्सोको कार्यक्षेमता जाँच (Pulmonary Function Test) , भिडियो एक्स-रे लगायत अन्य शारीरिक जाँचमार्फत आएका बिरामीलाइ १९-२० गते गाउँपालिकामा संचालनमा आएको  “सहिद स्मृति आधारभूत अस्पताल” मा Echocardiography सहितको सेवा उपलब्ध हुने र शल्यक्रिया गर्नैपर्ने बिरामीहरुलाइ गाउँपालिकाले सहजीकरण गर्ने गाउँपालिकाले जनाएको छ ।

    FB_IMG_1677150388741.jpg

    प्रकाशित मिति :फाल्गुण ११ २०७९ बिहिवार - १८:०४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij