Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

टाटा नेक्सनको नयाँ मोडेलको आइतबार बाट बुकिङ्ग खुल्ने, कति पर्छ मूल्य ?

टाटा नेक्सनको नयाँ मोडेलको आइतबार बाट बुकिङ्ग खुल्ने, कति पर्छ मूल्य ?


  • 7.7K
    Shares

    टाटा नेक्सनको नयाँ मोडेलको आइतबार बाट बुकिङ्ग खुल्ने, कति पर्छ मूल्य ?
    images

    टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले नयाँ नेक्सन फेसलिफ्टको बुकिङ आगामी फागुन २ गते आइतबारबाट खोल्ने तयारी गरिरहेको छ । कम्पनीले फागुनको दोस्रो सातासम्म नेपालमा विक्री सुरु गर्ने तयारीको साथ नेक्सन फेसलिफ्टको बुकिङ खुल्ला गर्न लागेको हो ।

    टाटा नेक्सन कम्पनीको गेम चेन्जर प्रडक्टको रुपमा सन् २०१८ मा नेपाल आएको मोडल हो । सब फोर मिटर सेग्मेन्टमा निकै चर्चा बटुलेको नेक्सनको फेसलिफ्ट मोडलमा थुप्रै परिमार्जन पाउन सकिन्छ ।

    कम्पनीले आफ्नो आधिकारीक शोसल मिडिया पेजबाट नयाँ कार चाँडै नेपालमा सार्वजनिक हुने जानकारी दिएको छ । यो जानकारीको आधारमा फेसलिफ्ट नेक्सन नै चाँडै नेपाल आउन लागेको अनुमान गर्न सकिन्छ ।

    टाटाले नेक्सनको अगाडिको ग्रिल, हेडलाइट र बम्परमा ठूलो परिमार्जन गरेको छ । सि सेपले सजाइएको लोअर लाइट, स्लीकर हेडल्याम्प, लोअर इन्टेकमा ट्राइ एरो प्यार्टन जस्ता परिमार्जनले यसलाई उत्कृष्ट एसयूभीको डिजाइन प्रदान गरेको छ ।

    ब्ल्याङ्केट सि पिलरले पनि नयाँ नेक्सनलाई कुपे डिजाइनमा ढालेको छ । यसको टेल लाइटमा पनि परिमार्जन गरिएको छ । पछाडिको बम्परमा पनि पहिलेको तुलनामा निकै परिमार्जन पाउन सकिन्छ ।

    नयाँ आउन लागेको नेक्सनको इन्जिन पनि थप ट्यूनिङ गरिएको छ । १.२ लिटर टर्बो पेट्रोल इन्जिनले पहिलेको तुलनामा १० पीएस बढी पावर प्रदान गर्नेछ । नयाँ इन्जिनले अधिकतम १२० पीएस प्रदान गर्ने छ । यसमा ६ स्पीड म्यानुअल र एएमटी गियरबक्स उपलब्ध रहेको छ ।

    फ्लोटिङ टचस्कृन, नयाँ ड्यास बोर्ड, विभिन्न स्थानमा दिइएको क्रोम फिनिसिङ, फ्ल्याट बटम स्टेरिङ ह्वील, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, पहिलेको भन्दा ठूलो ड्राइभ मोड नभ जस्ता फिचर नयाँ नेक्सन फेसलिफ्टमा उपलब्ध रहने छ ।

    नेक्सन पहिलेदेखि नै धेरै स्पेश भएको सब फोर मिटर एसयूभीमा पर्छ । यसलाई नयाँ मोडलमा पनि निरन्तरता दिइएको छ । निकै राम्रो हाइट, लेग रुम र आरामदायी सिट ग्राहकले यसमा पाउने छन् । गाडीलाई थप आकर्षक बनाउन यसमा सनरुफ पनि थप गरिएको छ ।

    यसका अलावा नयाँ नेक्सनमा एलइडी लाइट, ट्रायाक्सन कन्ट्रोल, ब्रेक एसिस्ट, अटो वाइपर, अटो हेडलाइट, टायर प्रेसर मोनिटर, हर्मनको ८ स्पीकर, कनेक्ट कार फिचर, एक्सप्रेस कुल फङ्सन जस्ता फिचर पाउन सकिन्छ ।

    टाटा नेक्सन सब फोर सेग्मेन्टमा भारतमा उत्पादन भएका मध्ये सर्वाधिक सुरक्षीत कारमा पर्छ । ग्लोवल एनक्याप क्र्यास टेष्टमा नेक्सनले ५ स्टार रेटिङ पाउन सफल भएको छ ।

    आइतबारबाट ग्राहकले बुकिङ गर्न सक्ने नेक्सनको मूल्यभने सार्वजनिक भएको छैन । यद्यपी यसको सुरुवाती भेरियन्टको मूल्य ३७ लाख ५० हजार रुपैयाँ हाराहारी पर्ने अनुमान लगाउन सकिन्छ ।

    प्रकाशित मिति :माघ ३० २०७७ शुक्रवार - १४:२२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij