Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

शतप्रतिशत सेयर मूल्य बढेको नेपाल टेलिकमको नाफा ६ महिनामा किन ३३ ५ घट्यो ?

शतप्रतिशत सेयर मूल्य बढेको नेपाल टेलिकमको नाफा ६ महिनामा किन ३३ ५ घट्यो ?


  • 9.2K
    Shares

    शतप्रतिशत सेयर मूल्य बढेको नेपाल टेलिकमको नाफा ६ महिनामा किन ३३ ५ घट्यो ?

    काठमाडौं । ६ महिनामा शतप्रतिशत बढी दोस्रो बजारमा सेयर बढेको नेपाल टेलिकमको नाफा ३३ प्रतिशतले घटेको छ ।

    नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधीको वित्तीय विवरण अनुसार टेलिकमको नाफा ३३ प्रतिशतले घटेको छ । नेपाल टेलिकमले पुस मसान्तसम्ममा ३ अर्ब ३२ करोडले नाफा गरेको छ । अघिल्लो वर्ष टेलिकमको नाफा ४ अर्ब ९३ करोड थियो ।

    टेलिकमको आम्दानीको मुख्य स्रोत नै घट्दा नाफा घटेको हो । टेलिकमले ६ महिनामा ग्राहकबाट गरेको आम्दानी १७ अर्ब ७२ करोड छ भने अन्य आम्दानी २ अर्ब ८५ करोड छ । अघिल्लो वर्ष १८ अर्ब ग्राहकबाट र ३ अर्ब ८८ करोड अन्य आम्दानी गरेको थियो ।

    भ्वाइसबाट हुने आम्दानी घट्दै गएपछि सेयर बजारमा सूचिकृत सबैभन्दा बढी पूँजीकरण भएको टेलिकमको नाफा भने हरेक वर्ष घट्दो क्रममा छ ।

    सेयर बजारमा भने यसको असर देखिएको छैन । ६ महिना अगाडि टेलिकमको सेयर मूल्य दोस्रो बजारमा ६६६ रुपैयाँ थियो । बिहीबार कारोबार बन्द हुँदा यसको सेयर मूल्य प्रतिकित्ता १४१० रुपैयाँ पुगेको छ । १४५० रुपैयाँसम्म यसको सेयर मूल्य पुगेको थियो ।

    टेलिकमले गतवर्षको नाफाबाट लाभांश भने वितरण गरेको छैन । नगद लाभांश मात्र दिइरहेको टेलिकमले गतवर्षको नाफबाट बोनस सेयर दिने हल्ला बजारमा छ ।

    टेलिकमको वार्षिक उत्सवमा संचारमन्त्री पार्वत गुरुङले सर्वसाधारणको हिस्सा बढाउने बताएका थिए । यसको लागि एफपीओ आउने अनुमान गरिएको छ ।

    प्रकाशित मिति :माघ ३० २०७७ शुक्रवार - १४:१४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij