Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

'धर्मका साथमा मानवसेवालाई बिर्सनु हुँदैन' उप-सभामुख राना

'धर्मका साथमा मानवसेवालाई बिर्सनु हुँदैन' उप-सभामुख राना


  • 3.8K
    Shares

    images

    काठमाण्डौं, फागुन ६ उप-सभामुख इन्दिरा रानाले धर्मका साथमा मानव सेवालाई बिर्सन नहुने बताउनुभएको छ । तारकेश्वर नगरपालिका –२, वसन्तनगरमा अवस्थित ॐकारेश्वर मन्दिर उद्घाटन तथा बुद्धको प्रतिमा अनावरण कार्यक्रममा बोल्दै उहाँले जनताले जनस्तरवाटै सकृय भएर अगाडि बढ्यो भने विकासले फड्को मार्नसक्ने बताउनुभयो । नागरिकका आम चासोको मुद्दाहरुको समयमै सम्बोधन गर्न सक्यो भने राष्ट्र विकासमा कोशेढुङ्गा सावित हुने उहाँको कथन थियो । मन्तव्यका क्रममा उहाँले महादेव मन्दिर र बुद्धको प्रतिमा एकै ठाउँमा राखेर वसन्तनगरले धार्मिक सहिष्णुताका साथमा अनेकतामा एकता रहेको सिद्ध गरेको बताउनुभयो ।

    उक्त कार्यक्रममा वाग्मती प्रदेशका माननीय पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङले स्थानीय जनताको पहलमामात्र देश विकास सम्भव हुने धारणा राख्नुभयो । उक्त अनावरण कार्यक्रममा प्रदेश सभाका सांसद अमन मास्केले चाडपर्वले हामीलाई धार्मिक सहिष्णुताका साथ एक अर्कोमा मिलेर अगाडि बढ्न सिकाएको बताए । स्थानीय बासीको पहलमा ९ आना १ पैसा जग्गा खरिद गरी उक्त स्थानमा ॐकारेश्वर मन्दिर, बुद्धको प्रतिमाका साथै टोल सुधार समितिको भवन निर्माण गरिएको हो ।

    सो कार्यक्रममा उप-सभामुख इन्दिरा रानाले जग्गा खरिद तथा मन्दिर निर्माणमा सहयोग गर्नुभएका दाताहरूलाई दोसल्ला ओढाएर सम्मान तथा दाताहरुको नामाङ्कित शिलालेखको अनावरण गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व वसन्तनगर टोल सुधार समितिका अध्यक्ष आत्मराम पराजुलीले गर्नुभएको थियो ।

    प्रकाशित मिति :फाल्गुण ७ २०७९ आइतवार - १४:५८:०२ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij