Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

आठौँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन ११ गतेदेखि काठमाडौँको भृकृटीमण्डपमा

आठौँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन ११ गतेदेखि काठमाडौँको भृकृटीमण्डपमा


  • 2.4K
    Shares

    • images
    आठौँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन ११ गतेदेखि काठमाडौँको भृकृटीमण्डपमा
    images

    यही फागुन ११ देखि भृकुटीमण्डपमा विभिन्न प्रदर्शनी तथा एक्स्पो हुने भएको छ।  नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हाउजिङ्ग एन्ड इनभेस्टमेन्ट एक्स्पो, नेपाल हेवी इकयुपमेन्ट एन्ड कन्स्ट्रक्सन एक्स्पो हुन लागेको हो। 

    प्रदर्शनी तथा एक्स्पो यही फागुन ११, १२, १३ र १४ गते काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुनेछ। मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा उक्त प्रदर्शनी तथा एक्स्पो आयोजना गर्न लागेका हुन्। 

    प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्याति प्राप्त ब्रान्डहरुका २०० भन्दा बढी स्टल रहनेछन्। निर्माण कम्पनी, डिलर, सबडिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुबारे जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउन यो प्रदर्शनी ७ वर्षदेखि कोशेढुङ्गा साबित हुँदै आएको छ। 

    अन्तर्राष्ट्रिय प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनीहरू, अपार्टमेन्ट कम्पनीहरू, प्रि–फ्याब संरचनाहरू, युपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, युपीभीसी प्रोफाइल, आर्किटेक्चरल हार्डवेयर, बाथरूम फिटिङ्स, पाइपहरू, टाइल र सेनेटरी वेयर, पावर औजारहरू, कंक्रिट ब्लक मेसिनरी उत्पादकहरू, मटेरियल ह्यान्डलिंग उपकरणहरू, एल्युमिनियम कम्पोजिट प्यानलहरू आदिको उल्लेखनीय सहभागिता रहनेछ।

    यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ तथा नेपाल क्रसर तथा खानी उद्योग महासंघ रहेका छन्। 

    यस प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुननिर्माण तथा आधुनिकीकरण मा टेवा पुर्याउने आयोजकको विश्वास छ। 

    प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिकबाहेक निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर्स, कन्ट्रयाक्टर्स, बिल्डर्स तथा इन्टिरियर डिजाइनरहरुको सहभागिता रहनेछ।

    प्रकाशित मिति :फाल्गुण ७ २०७९ आइतवार - १३:४५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij