Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

डिशहोमको नयाँ कनेक्सन २ हजार ९९९ रुपैयाँमा

डिशहोमको नयाँ कनेक्सन २ हजार ९९९ रुपैयाँमा


  • 2.2K
    Shares

    • images
    डिशहोमको नयाँ कनेक्सन २ हजार ९९९ रुपैयाँमा
    images

    डिशहोमको नयाँ कनेक्सन अब मात्र २ हजार ९९९ रुपैयाँमा जडान गर्न सकिने भएको छ।  सीमित अवधिको लागि कम्पनीले यो छुट योजना लागू गरेको हो।

    डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाइने अफर समेत संचालन गरिरहेको छ। 

    डिशहोमका डिलरहरुमार्फत फन्ड ट्रान्सफर तथा अनलाइन माध्यमबाट वार्षिक रिचार्ज गर्दा विक्ली लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ र हरेक साता १ जना भाग्यशाली ग्राहकहरुले नगद रु एक लाख नगद उपहार यस अफरमार्फत जित्न सक्नेछन्। 

    यस्तै डिशहोमको नियमित रिचार्जमा २० प्रतिशतसम्म बोनस पाउन सकिन्छ। डिशहोमका डिलरहरुमार्फत फन्ड ट्रान्सफर वा रिचार्ज कार्ड बाट मात्र रिचार्ज गर्दा १ महिना वा रु १००० भन्दा कमको रिचार्जमा ५ प्रतिशत, रु १००० को रिचार्जमा १० प्रतिशत बोनस र रु २००० को रिचार्जमा २० प्रतिशत वोनस, ३ महिनाको रिचार्जमा १ महिना बोनस, ६ महिनाको रिचार्जमा ३ महिना बोनस प्राप्त गर्न सकिनेछ। 

    नेपालभरका डिशहोमका डिलर, तथा सबडिलर बिक्रेताहरुमार्फत ग्राहकहरुले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरि थप बोनस योजनामा सहभागिता जनाउन सक्नेछन्। रिचार्ज कार्ड बाट बोनस प्राप्त गर्न सकिनेछ।

    फन्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ। 

     

    प्रकाशित मिति :फाल्गुण ५ २०७९ शुक्रवार - १३:०९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij