२०८२ माघ ११ गते आइतवार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनाल भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनाल उपचारका लागि शुक्रबार बिहान दिल्ली प्रस्थान गरेका हुन् ।
नियमित स्वास्थ्य परीक्षणका लागि खनाल भारतको राजधानी दिल्ली गएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।
दिल्लीको अपोलो अस्पतालमा उनको उपचार हुने छ । यस अघि खनाल चीनमा उपचार गर्न जान्थे। यो पटक खनाल दिल्ली जानुलाई अर्कै ढंगले हेरिएको छ ।
चार दिन दिल्लीमा रहने नेता खनालले कुनै राजनीतिक भेटघाट गर्ने सम्भावना नरहेको उनको सचिवालयले बताए पनि त्यहा उच्च तहका नेता संग उनको बिशेष सम्बाद हुने छ। राजपाका संयोजक महन्थ ठाकुर पनि दिल्लीमै छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij