Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु


  • 8.7K
    Shares

    ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
    images

    विराटनगर ।  ताप्लेजुङ र मोरङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ताप्लेजुङ पाथिभरा याङवरक-१ नाङखोल्याङका २० बर्षीय सुर्यमान राईको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ ।

    बिहीवार २ बजे ताप्लेजुङ पाथिभरा याङवरक-४ डुम्रिसे स्थित भित्री सडकखण्डमा ना ७ त ३३९ नम्बरको ट्याक्टर अचानक अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा रहेका सह चालक राईको सोही ट्याक्टरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ट्याक्टर चालक याङवरक-१का २३ बर्षिय नर बहादुर राईलाई नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।

    यसै गरी मोरङ सुनवर्षी-४ का २३ बर्षीय मिथलेस यादवको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । बिहीवार राती साढे ९ बजे सुनवर्षी-४ स्थित भित्री सडकखण्डमा को १ त ३६७० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक यादव गम्भिर घाईते भएका थिए । घाईते यादवको रंगेली अस्पतालमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    प्रकाशित मिति :माघ ३० २०७७ शुक्रवार - ११:२५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij