Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

नेपाली बजारमा भित्रियो सुजुकी ग्रान्ड भिटारा, यस्ता छन् विशेषता

नेपाली बजारमा भित्रियो सुजुकी ग्रान्ड भिटारा, यस्ता छन् विशेषता


  • 1.9K
    Shares

    • images
    नेपाली बजारमा भित्रियो सुजुकी ग्रान्ड भिटारा, यस्ता छन् विशेषता
    images

    सुजुकीको नयाँ एसयूभी ग्रान्ड भिटारा नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले हालै सो भिटारालाई  बजारमा सार्वजनिक गरेको हो । 

    नेपालमा ग्रान्ड भिटाराको जिटा र अल्फा भेरिएन्ट भित्रिने बताइए पनि हाल सुजुकीको थापाथली र धोवीघाटस्थित शोरुममा भने अल्फा भेरिएन्ट मात्रै उपलब्ध रहेको छ । यस गाडीका लागि यसअघि नै बुकिङ खुलेको थियो । 

    कम्पनीको टप भेरिएन्ट मानिएको अल्फालाई नेपाली बजारमा ९० लाख रुपैयाँको हाराहारी पर्ने अनुमान गरिए पनि औपचारिक रुपमा मूल्य भने सार्वजनिक गरिएको छैन । हाल उक्त कारहरु बुकिङका लागि ग्राहकले ५० हजार रुपैयाँ बुझाउनु पर्नेछ ।

    नयाँ ग्रान्ड भिटारामा माइल्ड हाइब्रिड टेक्नोलोजी भएको १४६२ सीसीको पेट्रोल इन्जिन छ । जसले ६००० आरपीएममा १०३ पीएसको पावर र ४४०० आरपीएममा १३६.८ एनएमको टर्क जेनेरेट गर्छ । यसमा लेयर्ड ड्यासबोर्ड, सेन्टर कन्सोल, एप्पल कारप्ले, एन्ड्रोइड अटो कनेक्टिभिटी सहितको ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ठूलो एमआईडी भएको सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा सिस्टम, हेड–अप डिस्प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, इलेक्ट्रिक सनरुफ, इन्जिन स्टार्ट/स्टप बटन, वायरलेस चार्जिङ डक, रियर एसी भेन्ट्स जस्ता फिचर उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण ३ २०७९ बुधवार - १४:४४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij