२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाले माघ ३० गतेदेखि सर्वसाधारण शेयर (आइपीओ)को बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीको जारी चुक्ता पुँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर मध्ये ०.५ प्रतिशत शेयर अर्थात ५ हजार कित्ता शेयर कर्मचारी तथा ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ ।
सर्वसाधरणले भने ३ लाख ७५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । संस्थाको आईपीओ माघ ३० गतेदेखि खुला भइ छिटोमा फागुन ५ गते र ढिलोमा फागुन १४ गते बन्द हुनेछ ।
आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ । कम्पनीको आईपीओ १० कित्ताका दरले ३७ हजार ५ सयले मात्रै पाउनेछन् । त्यसैले १० कित्ताका लागि मात्रै आवेदन दिँदा पर्याप्त हुनेछ ।
आज सार्वजनिक विदा भए पनि अनलाइनबाट आवेदन दिन मिल्ने भएकोले सिडीएससीले आइपीओ निष्काशनमा असर नपर्ने जनाएको छ । नेपालमा सार्वजनिक विदाको दिन विक्रीमा आएको यो पहिलो आइपीओ हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij