Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

पुसको तुलनामा माघमा बढ्यो घरजग्गा कारोबार राजस्व संकलनमा पनि वृद्धि

पुसको तुलनामा माघमा बढ्यो घरजग्गा कारोबार राजस्व संकलनमा पनि वृद्धि


  • 1.9K
    Shares

    • images
    पुसको तुलनामा माघमा बढ्यो घरजग्गा कारोबार राजस्व संकलनमा पनि वृद्धि
    images

    काठमाडौं । पुस महिनाको तुलनामा माघ महिनामा घरजग्गा कारोबार बढी भएको देखिएको छ । 

    भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघ महिनामा ४१ हजार ८६ वटा घरजग्गा लिखत पास भएको छ । पुस महिनामा ३८ हजार ८७१ वटा लिखत पास भएको थियो ।

    राजस्व भने पुसको तुलनामा केही बढेको देखिएको हो । पुस महिनामा तीन अर्ब ७१ करोड रूपैयाँ राजस्व संकलन भएको थियो । मंसिर महिनामा दुई अर्ब ६४ करोड रूपैयाँ राजस्व संकलन भएको थियो । 

    स्थानीय तहले कित्ताकाट बढाउदै गएपछि पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा घरजग्गाको कारोबार सामान्य बढ्न थालेको हो । पछिल्लो समय बैंकमा समेत तरलता सहज देखिएको छ । यसको सकारात्मक प्रभाव घरजग्गामा परेको हो ।

    प्रकाशित मिति :फाल्गुण २ २०७९ मंगलवार - १५:०६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij