Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

१८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

१८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक


  • 2.0K
    Shares

    १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलवार १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ ।

    २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको ट्रेजरीबो बोलकबोल गर्न लागेको बैंकले ८ अर्ब रुपैयाँ पुरानो ट्रेजरी नवीकरण गरेर बाँकी १० अर्ब रुपैयाँ नयाँ बिक्री गर्न लागेको हो ।

    इच्छुक खरिदकर्ताले तोकिएको समयसम्म अनलाइन आवेदन दिन सक्नेछन् । ट्रेजरीको बोलकबोल भने मङ्गलवार दिउँसो २ बजे हुने बैंकले जनाएको छ । यसअघि राष्ट्र बैंकले गत माघ २३ गते १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बिक्री गरेको थियो ।

    प्रकाशित मिति :फाल्गुण २ २०७९ मंगलवार - १२:१८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij