Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

रिहा भएपछि झाँक्रीले भने : अब अन्तिम धक्का लाउँदैछौँ

रिहा भएपछि झाँक्रीले भने : अब अन्तिम धक्का लाउँदैछौँ


  • 6.4K
    Shares

    रिहा भएपछि  झाँक्रीले भने : अब अन्तिम धक्का लाउँदैछौँ

    नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले सरकारले आफूलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरेको बताएकी छन्। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा पाँच घण्टासम्म बसेपछि रिहा भएकी उनले यस्तो बताएकी हुन्। 

    'सरकारले राजनीतिक प्रतिशोध साँध्ने गरी प्रहरीलाई दबाब दिएर समात्न लगाएको रहेछ', उनले भनिन्, 'प्रतिगमनविरुद्धको आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन जुटिरहेका बेला राजनीतिक रुपमा ह्यारासमेन्ट गर्न मलाई समातिएको रहेछ।'

    उनले अब प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको प्रतिगामी कदमलाई प्रतिनिधिसभा पुन:स्थापना गरेर घुँडा टेकाउने बताइन्। 'हामी प्रतिगमनको अन्तिम धक्का लाउँदैछौँ। जब तानाशाह ढल्दै गर्छ, त्यसले राज्यशक्तिको दुरुयोग गरेर अग्ला अग्ला शालिक ठड्याउँछ', उनले भनिन्, 'आज केपी ओलीका भजनमण्डलीले जे गरिरहेका छन्, त्यसलाई हामी हराउनेछौँ। हामी जित्दैछौँ। संसद पुन:स्थापनापछि हामी संविधानलाई सही ट्र्याकमा लाने छौँ, राजनीतिक अस्थिरता त भयो तर पनि हामी सही बाटोमा जानेछौँ।'

    प्रकाशित मिति :माघ २९ २०७७ बिहिवार - १९:०९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij