यो कम्पनीको पहिलो स्पोर्टी विद्युतीय एसयूभी हो। अट्टो ३ सन् २०२२ को फेब्रुअरीमा विश्वव्यापी रुपमा सार्वजनिक भएको थियो। त्यसयता कम्पनीले २ लाख २९ हजार २० युनिट डेलिभर गरिसकेको छ।
यसमा उच्च सुरक्षित ब्लेड ब्याट्री रहेको छ भने एकैपटक ५० मिनेटमा शून्यबाट ८० प्रतिशत द्रुत चार्जिङ हुनसक्छ। यसको ४२० किमि रेन्ज छ भने ब्याट्री क्षमता ६०.४८ केडब्लुएच रहेको छ।
यसमा सातवटा एयरब्याग, पानारोमिक सनरुफ, १२.८ इन्चको अड्याप्टिभ रोटेटिङ स्क्रिन, ३६० डिग्रीको होलोग्राफिक ट्रान्सपरेन्ट इमेजिङ सिस्टम, एनएफसी कार्ड कि, भेहिकल टु लोड मोबाइल पावर स्टेसनजस्ता फिचर रहेका छन्।