Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

२८औं संस्करणको ‘क्यान इन्फोटेक २०२३' को आज अन्तिम दिन, स्टार्टअपमा विशेष आकर्षण

२८औं संस्करणको ‘क्यान इन्फोटेक २०२३' को आज अन्तिम दिन, स्टार्टअपमा विशेष आकर्षण


  • 2.4K
    Shares

    २८औं संस्करणको ‘क्यान इन्फोटेक २०२३' को आज अन्तिम दिन, स्टार्टअपमा विशेष आकर्षण

    कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा माघ २४ देखि सञ्चालन भइरहेको २८औं संस्करणको ‘क्यान इन्फोटेक २०२३' को आज अन्तिम दिन रहेको छ । 

    यस संस्करणमा नेपालमै विकास भएका विज्ञान तथा सूचना प्रविधिसँग सम्बन्धित उत्पादन र सेवालाई विशेष प्राथमिकताका साथ प्रदर्शनीमा राखिएको छ । 

    साथै विभिन्न कलेजका विद्यार्थीले तयार पारेका परियोजनाहरूलाई पनि स्थान दिइएको छ । प्रदर्शनी हेर्न आउने अधिकांश अवलोनकर्ताले स्वदेशी सीप र उत्पादन सहितको प्रविधिको प्रशंसा गरेको आयोजकको भनाइ छ । 

    प्रदर्शनीमा ३१ ओटा स्टार्टअप छन् । यसअन्तर्गत यार्सा टेक, ईट फिट, सजिलो मर्मत सेवा, मोनालटेक, भक्सक्रो, स्मार्ट हाजिर, बगभी, रमाइलो गेम्स, सफ्टवेयर स्टोर, क्यूरा हेल्थ, चिम्पभाइन लगायतका स्टार्टअप टिमले तयार पारेका नवीनतम उत्पादन एवं सेवामा विद्यार्थी देखि व्यवसायी र लगानीकर्ताले चासो देखाएको आयोजकले जनाए । 

    स्टार्टअप कमिटीका संयोजक दीपेन्द्र पौडेलले क्यान इन्फोटेक स्टार्टअपका लागि एस्पोजर प्लेटफर्म बनेको बताउँदै यसबाट स्थानीय प्रतिभा र नवप्रवर्तनको विकास हुने विश्वास व्यक्त गरेका छन् ।  

    यसबाहेक प्रदर्शनीमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्ड सँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, डिजिटल भुक्तानी सेवा, ई–कमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल लगायत गरी १५० भन्दा भढी स्टल छन् । 

    साथै क्यान इन्फोटेककै अवसर पारी कोडिङ च्यालेन्जदेखि अनलाइन गेमिङ कम्पिटिशन प्रतियोगिता सञ्चालन भइरहेको छ । यस्ता प्रतिस्पर्धामा विशेषगरी विद्यार्थीको क्रेज देख्न सकिन्छ ।

    त्यस्तै क्यान इन्फोटेकको विशेष आकर्षणको रूपमा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानले तयार पारेको आईसीटी मैत्री बस रहेको छ । हालसम्म ६०० भन्दा बढीले यो बसको प्रत्यक्ष अवलोकन तथा अनुभव लिएको नास्टले जनाएको छ । 

    अर्कोतर्फ सूचना प्रविधिमा आधारित कम्पनी एवं सेवाप्रदायकले आफ्ना उत्पादन एवं सेवामा विशेष अफर जारी राखेका छन् । यसअन्तर्गत कम्पनीहरूले वस्तु खरिद एवं बुकिङमा १० देखि ६० प्रतिशतसम्म छुट प्रदान गरेका छन् । 

    यसैबीच क्यान इन्फोटेकको अवसर पारी आयोजकले क्यान आईसीटी सेमिनारसमेत सञ्चालन गरिरहेको छ । यस अन्तर्गत आइतबार ‘नेपालमा इन्टरनेट इकोसिस्टम’ विषयमा दिउँसो २ देखि ४ बजेसम्म नेपाल पर्यटन बोर्डको सभाहलमा इन्टरनेट क्षेत्रका सरोकारवालाहरूबीच विशेष अन्तर्क्रिया हुने भएको छ ।

    प्रकाशित मिति :माघ २९ २०७९ आइतवार - १२:२६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij