२०८२ भाद्र १ गते आइतवार
‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३’ मा प्रविधिप्रेमीहरूको आकर्षण बढेको छ । राजधानीमा माघ २४ देखि जारी प्रर्दशनीमा अवलोकनकर्ताहरूले इन्फोटेकमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, डिजिटल भुक्तानी सेवा, ई–कमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल लगायतसँग सम्बन्धित स्टलहरूमा अवलोकनकर्ताको विशेष चासो देखाएका छन्।
नेपाली उद्यमी एवं विद्यार्थीले विकास गरेका नवीनतम् प्रविधि एप्लिकेसन र प्रोजेक्टहरू, विभिन्न स्टार्टअपहरु यार्सा टेक, ईट फिट, सजिलो मर्मत सेवा, मोनालटेक, रूभक्सक्रो, स्मार्ट हाजिर, बगभी, रमाइलो गेम्स लगायतका स्टलहरूमा अवलोकनकर्ताहरूको आकर्षण देखिएको आयोजकले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij