२०८२ भाद्र १ गते आइतवार
आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच एकआपसमा गाभ्ने, गाभिने तथा मर्जरमा जाने सहमति भएको छ ।
आज दुवै पक्षबाट प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् । समान हैसियतामा कम्पनी मर्ज हुन लागेका छन ।
दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एंव डीडीए रिर्पोटका आधारमा आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी सेयर अनुपात क्रमश १ः१ कायम रहने गरी सम्झौता गरीएको छ ।
हाल आइएमई जनरलको चुक्ता पुँजी १ अर्ब ८० करोड र प्रुडेन्सियलको १ अर्ब १८ करोड रहेको छ । मर्जपश्चात बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ९८ करोड पुग्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij