२०८२ भाद्र १० गते मंगलवार
कुजु नेपाल प्रा. लि. नेपालका लागि याडिया ब्रान्डको ई-स्कुटरको आधिकारिक वितरकले ३०,००० नगद छुट सहित याडिया एक्सचेन्ज मेला घोषणा गरेको छ ।
विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको अग्रस्थानमा रहेको ब्रान्ड याडिया ले यो अफर याडिया इलेक्ट्रिक स्कुटरका सबै मोडलहरूमा छोटो अवधिको लागि मान्यहुने गरि ल्यायेकोछ । यस अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइकरस्कुटर ल्याउन र आकर्षक ३०,००० नगद छुट, ६.९९५ ब्याजको साथ सजिलो इएमआई र एक वर्षको रोड ट्याक्स सहितको नयाँ याडिया इलेक्ट्रिक स्कुटर घरमा लिन सक्नेछन्। यो अफर एक्सचेन्ज नगरी याडिया इलेक्ट्रिक स्कुटरको खरिदमा पनि लागू हुने छ।
याडिया नेपालले आफ्नो विश्वव्यापी प्रिमियम मोडलहरू लिएर नेपालमा आफ्नो उपस्थिति स्थापित गरेको छ र नेपाल मा रहेको याडिया ब्राण्ड को ई(स्कूर्टरहरुको मोडेल, मूल्य र दयरा यस प्रकार रहेको छ:
C1S ( रु.३७०,००० र-९८० कि.म. दायरा)
G5( रु.३५०,००० र- ९८० कि.मि. दायरा)
S-like( रु.२५५,००० र- ९६० कि.मि. दायरा)
याडिया को बारेमा :
विश्व बजारमा याडियाको ९० भन्दा बढी देशहरूमा ६ करोड प्रयोगकर्ताहरूका साथै इलेक्ट्रिक मोटरसाइकल, मोपेड, साइकल र किक स्कूटरहरू सहित इलेक्ट्रिक दुई(पाङ्ग्रे सवारी साधनहरूको विकास र निर्माणमा अग्र स्थान हासिल गरेको छ र ३००० वितरक का साथै ४०,०००ं शोरुमहरु पनि स्तापित गरिसकेको छ । विश्वव्यापी बजारमा जीवनलाई विद्युतीकरण गर्न मद्दत गर्ने मिशनको साथ, याडिया ब्राण्डले मानव जीवनको साझा र दिगो भविष्य निर्माण गर्नको लागि विश्वव्यापी रुपमा अनुसन्धान, विकास, उत्पादन र विस्तारमा लगानी गरिरहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij