Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आजको मौसम : प्रदेश १, बागमती र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

आजको मौसम : प्रदेश १, बागमती र गण्डकी प्रदेशमा हिमपातको सम्भावना


  • 2.1K
    Shares

    आजको मौसम : प्रदेश १,  बागमती र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला (बिहीबार बिहान) प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा छ।

    महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो   प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश नम्बर १,  बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

    मौसम महाशाखाको बुलेटिनअनुसार आज राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। 

    महाशाखाले आगामी २४ घण्टाका  लागि  चेतावनी  तथा  परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ : प्रदेश नम्बर १,  बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका भूभागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। 

    प्रकाशित मिति :माघ २६ २०७९ बिहिवार - ०६:५८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij