Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

पोको एक्स फाइभ प्रो स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता

पोको एक्स फाइभ प्रो स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता


  • 2.0K
    Shares

    • images
    पोको एक्स फाइभ प्रो स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता
    images

    साओमीले आफ्नो पोको ब्रान्डको नयाँ स्मार्टफोन 'पोको एक्स फाइभ प्रो' सार्वजनिक गरेको छ । १०८ मेगापिक्सेलको मुख्य क्यामेरा भएको यो फोनमा८ मेगापिक्सेलको अल्ट्रा वाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा सहित १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा पनि छ । 

    गतवर्ष यही समयमा सार्वजनिक भएको पोको एक्स फोर प्रोको तुलनामा यो फोन पातलो र ह्यान्डी हुने कम्पनीले बताए । यो फोन ७.९ मिलिमिटर पातलो छ । यसको अर्थ पोकोको एक्स सिरिजका स्मार्टफोनमा अहिले सम्मकै पातलो फोन पोको एक्स फाइभ प्रो हो । 

    फोनमा snapdragon 778G चिपसेट प्रयोग गरिएको छ भने यो फोन ६ जीबी र ८ जीबी र्‍याम सहित क्रमश: १२८ जीबी र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । 

    एन्ड्रोइड १२ मा आधारित यो फोनमा मियुआई १४ प्रयोग गरिएको छ । फोनमा १२० हर्जको रिफ्रेसरेट र २४० हर्जको स्याम्पलिङ रेटसहितको ६.६७ इन्चको एमोलेड डिस्प्ले छ ।

    फोनमा ६७ वाट सहितको चार्जिङ सपोर्ट सहितको ५,००० एमएएच ब्याट्री उपलब्ध छ । कम्पनीले ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २५० डलर (३३ हजार रुपैयाँ) र ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ३०० डलर (करिब ४० हजार रुपैयाँ) तोकेको छ । 

    प्रकाशित मिति :माघ २५ २०७९ बुधवार - ११:२५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij