Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

भ्यालेन्टाइन डेको अवसरमा जगदम्बा मोटर्सको टिभिएस स्कुटरमा “टिभिएस लभ एक्सप्रेस”

भ्यालेन्टाइन डेको अवसरमा जगदम्बा मोटर्सको टिभिएस स्कुटरमा “टिभिएस लभ एक्सप्रेस”


  • 2.6K
    Shares

    • images
    भ्यालेन्टाइन डेको अवसरमा जगदम्बा मोटर्सको टिभिएस स्कुटरमा “टिभिएस लभ एक्सप्रेस”
    images

    जगदम्बा मोटसले भ्यालेन्टाइन डे को अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएस् स्कुटरहरुमा “टिभिएस लभ एक्सप्रेस” योजना ल्याएको छ । 

    जगदम्बा मोटर्सले भ्यालेन्टाइन डे को अवसर पारेर कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा विभिन अफरहरूसहित “टिभिएस लभ एक्सप्रेस” योजना ल्याएको हो । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा ६ हजार रूपैँयासम्मको स्योरशट नगद छुट पाउनेछन् । 

    जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ लगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टि स्कुटर एन्टर्क बिक्रि वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो ।   

    टिभिएस एन्टर्क रेस एक्सपी नेपालको पहिलो र एक मात्र १२५ सिसिको स्कुटर हो जसमा भएको बिएस ६ र आरटि(एफआइ इन्जिनले एक्स्ट्रा माइलेज दिन्छ । यस स्कुटरले १० बिएचपी भन्दा बढीको पावर जेनेरेट गर्छ । 

    यो स्कुटरमा एक्सपी आर्थात एक्स्ट्रा पावरका कारण राइड गर्दा पहिलेको भन्दा अझै पावरफुल भएको अनुभव हुन्छ । यसमा भएको राइड मोड (स्ट्रिट÷रेस) चेन्ज अप्सनले गर्दा आफुलाई चाहे अनुसारले सजिलै स्कुटरको पर्फर्मेन्स चेन्ज गर्न सकिन्छ । 

    साथै यसमा भएको ब्लुटुथ कनेक्टिभटी र भोइस असिस्टले गर्दा आफ्नो स्कुटरलाइ सजिलै आफुले चाहे जसरि कन्ट्रोल गर्न पनि सकिन्छ । यसमा रहेका आकर्षक कलर अप्सनले गर्दा झनै मन लोभ्याउने गर्छ ।

    यस योजना अन्तर्गत ग्राहकहरुले जम्मा ३ हजार ९९९ (१३३ रूपैँया प्रतिदिन), २५ प्रतिशत डाउन पेमेन्ट गरेर ११.९९ प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना माघ २४ गतेदेखि फाल्गुन १६ गतेसम्म लागु हुनेछ ।

    प्रकाशित मिति :माघ २४ २०७९ मंगलवार - १८:४३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij