Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

टर्की भूकम्प अपडेट : मृतकको संख्या ४३ सय नाघ्यो, १७ हजार जनाभन्दा बढी घाइते

टर्की भूकम्प अपडेट : मृतकको संख्या ४३ सय नाघ्यो, १७ हजार जनाभन्दा बढी घाइते


  • 2.8K
    Shares

    टर्की भूकम्प अपडेट : मृतकको संख्या ४३ सय नाघ्यो, १७ हजार जनाभन्दा बढी घाइते
    images

    टर्कीमा सोमबार गएको शक्तिकाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। 

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको गाजियनटेप सहर केन्द्रबिन्दु भएर भूकम्पका कारण टर्की र छिमेकी देश सिरियामा गरी ४ हजार ३ सयभन्दा बढी जनाको मृत्यु भएको हो।

    सोमबार टर्कीमा १२ घण्टाभित्र तीनवटा शक्तिशाली भूकम्प गएका थिए। तिनीहरूको तीव्रता ७.८, ७.६ र ६.० म्याग्निच्युड थिए।

    सबैभन्दा धेरै विनास र मृत्यु टर्की र यसको छिमेकी देश सिरियामा भएको छ। भूकम्पले टर्कीमा मात्र हालसम्म २ हजार ९ सय २१ जनाको मृत्यु भएको छ भने १५ हजारभन्दा बढी जना घाइते भएका छन्।

    यस्तै छिमेकी मुलुक सिरियामा १ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

    टर्कीका दक्षिणपूर्वी सहरहरूमा ३ हजार ४ सयभन्दा बढी भवन ध्वस्त भएको बताइएको छ। 

     

    प्रकाशित मिति :माघ २४ २०७९ मंगलवार - १०:३८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij