Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

टर्की भूकम्प अपडेट : ज्यान गुमाउनेको संख्या ५०० नाघ्यो, ३,००० भन्दा बढी घाइते

टर्की भूकम्प अपडेट : ज्यान गुमाउनेको संख्या ५०० नाघ्यो, ३,००० भन्दा बढी घाइते


  • 2.8K
    Shares

    टर्की भूकम्प अपडेट :  ज्यान गुमाउनेको संख्या ५०० नाघ्यो, ३,००० भन्दा बढी घाइते

    टर्कीमा सोमबार बिहान गएको भूकम्पमा परी ज्‍यान गुमाउनेको संख्या ५०० नाघेको छ। दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भू-भागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५०० पुगेको अन्तरार्ष्ट्रिय मिडियामा समाचार छ।

    टर्कीका उपराष्ट्रपति फुआत ओक्टेले टर्कीमा मात्रै २८४ जनाले ज्यान गुमाएका छन्। सिरियामा २३० जनाभन्दा बढीको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

    सिरियाली स्वास्थ्य मन्त्रालयले भूकम्पबाट अलेप्पो,लटाकाइ,हामा र टर्टस प्रान्तमा मानिसको मृत्यु भएको जनाएको छ।

    भूकम्पबाट १० वटा सहरमा ठूलो क्षति पुगेको बताइएको छ।

    टर्कीमा २३२३ जना र सिरियामा ६३९ जना घाइते भएका छन्।

    यसअघि सन् १९९९ मा देशको उत्तर पश्चिममा गएको शक्तिशाली भूकम्पमा परी १७ हजार मानिसको ज्यान गएको थियो। एजेन्सी 

    प्रकाशित मिति :माघ २३ २०७९ सोमवार - १४:०५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij