Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

टर्की भूकम्प अपडेट: ज्यान गुमाउनेको संख्या २ सय नाघ्यो

टर्की भूकम्प अपडेट: ज्यान गुमाउनेको संख्या २ सय नाघ्यो


  • 2.9K
    Shares

    टर्की भूकम्प अपडेट: ज्यान गुमाउनेको संख्या २ सय नाघ्यो

    टर्कीमा सोमबार बिहानै आएको ७.८ म्याग्नेच्युडको भूकम्पमा परी अहिलेसम्म २ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन्।

    समाचार संस्था एपीका अनुसार भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि क्षति पुर्‍याएको छ। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। सयौं मानिसहरू घाइते भएका छन्।

    सबैभन्दा धेरै क्षति टर्की र सिरियामा भएको छ। त्यहाँ सयौं घरहरू भत्किएका छन्।

    टर्कीको आन्तरिक मामिला मन्त्रालयका अनुसार १० वटा सहरमा भूकम्पले क्षति पुर्‍याएको छ।

    लगातार आइरहेका परकम्पले घरभित्र पुरिएका मानिसहरूको खोजीकार्यमा कठिनाइ भएको छ। अहिलेसम्म २० भन्दा बढी परकम्प आइसकेको बताइएको छ। तीमध्ये एउटा परकम्प ६.६ म्याग्नेच्युडको थियो।

    स्थानीय समयअनुसार आज बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिकै दक्षिणी टर्कीमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो।

    FoP-r2TX0AAO6fk.jpg

     

    प्रकाशित मिति :माघ २३ २०७९ सोमवार - १२:३०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij