Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

दुई कारागारले गरे टेलिकमको पोस्टपेड र प्रिपेड मोबाइलमा सबैभन्दा धेरै खर्च

दुई कारागारले गरे टेलिकमको पोस्टपेड र प्रिपेड मोबाइलमा सबैभन्दा धेरै खर्च


  • 2.3K
    Shares

    दुई कारागारले गरे टेलिकमको पोस्टपेड र प्रिपेड मोबाइलमा सबैभन्दा धेरै खर्च

    नेपाल टेलिकमले वर्षभरिमा आफ्ना सेवाहरुमा सर्वाधिक खर्च गर्ने ग्राहकहरुलाई सम्‍मान गरेको छ।

    टेलिकमको १९औ वार्षिकोत्सवमा नख्खु कारागार सर्वाधिक पोस्टपेड फोन प्रयोगकर्ताको रुपमा सम्म‍ानित भएको छ । यस्तै टेलिकमले सबैभन्दा धेरै प्रिपेड फोन प्रयोगकर्ताको रुपमा कारागार व्‍यवस्था विभाग डिल्लीबजारलाई सम्मान गरेको छ ।

    यस्तै नेपाल टेलिकमको ल्याण्डलाइन फोन सबैभन्दा धेरै प्रयोग गर्ने ग्बोलब आइएमई बैंकलाईसमेत सम्‍मान गरेको छ ।

    यस्तै एफटीटीएचतर्फ सिटिजन्स इन्स्योरेन्स, सीपी पीबीएक्सतर्फ वर्ल्ड लिंक कम्‍युनिकेशन सबैभन्दा धेरै प्रयोग गर्ने ग्राहक भएको टेलिकमले जनाएको छ। उनीहरुलाई वार्षिकोत्सवको अवसरमा सम्म‍ान तथा कदरपत्र प्रदान गरेको छ ।

    यस्तै टेलिकमको सीयूजी सेवा सरकारीतर्फ नेपाल प्रहरी नक्साल,काठमाडौं र सीयूजी निजीतर्फ सुमो कन्स्ट्रक्शन इन्जिनिरिङ प्रालि सबैभन्दा धेरै सेवा प्रयोग गर्ने ग्राहक बनेको छ।

    यस्तै लिजलाइन सेवा सरकारीतर्फ राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटीसी) तथा निजितर्फ सानिमा विकास बैंकलाई टेलिकमले सम्मान गरेको छ ।

    यस्तै भ्यालु एडेड सर्भिसेजतर्फ जेनेक्स प्रालि र नन सब्सक्रिप्शनतर्फ एफ वान सफ्ट इन्टरनेशनल प्रालि सम्मानि भएका छन् ।

    प्रकाशित मिति :माघ २२ २०७९ आइतवार - १७:०९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij