Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

झाँक्रीलाई पुलिसले बोलायो, नगए आजै समातेर खोरमा जाक्ने प्रहरीले बनायो यस्तो योजना 

झाँक्रीलाई पुलिसले बोलायो, नगए आजै समातेर खोरमा जाक्ने प्रहरीले बनायो यस्तो योजना 


  • 6.0K
    Shares

    झाँक्रीलाई पुलिसले बोलायो, नगए आजै समातेर खोरमा जाक्ने प्रहरीले बनायो यस्तो योजना 

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले विभाजित नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई सोधपुछ गर्ने भएको छ ।

    अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले विघटित प्रतिनिधिसभा सदस्य झाँक्रीलाई गोरखामा केही दिनअघि दिएको अभिव्यक्तिका सन्दर्भमा सोधपुछ गर्न बोलाइएको पुष्टि गरे । झाँक्री आफैं उपस्थित नभए पक्राउ गर्ने प्रहरीको तयारी छ ।

    झाँक्रीले गोरखाको एक कार्यक्रममा राष्ट्रपति भण्डारीप्रति व्यक्तिगत आरोप लगाएको भन्दै विरोध भएको थियो । उनले सो भाषणमा सेतो सारी लगाएर भोट माग्ने प्रवृतिको समेत विरोध गरेकी थिइन् ।

    यसले एकल महिलामाथि हिंसा गरेको भन्दै अखिल नेपाल महिला संघले कारवाहीको माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

    प्रकाशित मिति :माघ २९ २०७७ बिहिवार - ११:१२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij