Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

नुन किन्दा सतर्क हुनुपर्ने सरोकारवालाहरुको सुझाव

नुन किन्दा सतर्क हुनुपर्ने सरोकारवालाहरुको सुझाव


  • 2.0K
    Shares

    • images
    नुन किन्दा सतर्क हुनुपर्ने सरोकारवालाहरुको सुझाव
    images

    काठमाडौं । बजारमा आएका विभिन्न प्रकारका नुनका कारण उपभोक्ता ठगीनुका साथै स्वास्थ्यमा पनि असर गरेको सरोकारवालाहरुले जनाएका छन् ।

    आयोडिन मन्थको अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले पिंक नुनको नाममा कम गुणस्तरको नुन बेच्ने गरेकोले उपभोक्तालाई सर्तक हुन आग्रह गरेका छन् ।

    भारत तथा पाकिस्तानबाट आयात गरिएको नुन भन्दै बजारमा २ सय ५० देखि ३ सय रुपैयाँसम्म अनलाइनका माध्यमबाट नुन बेच्ने गरेको पाइएको र त्यसतर्फ अनुसन्धान भइरहेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले जानकारी दिनुभएको छ ।

    त्यस्तै, कार्यक्रममा आयोडिनको कमीका कारण मानिसमा विभिन्न किसिमका रोगहरु देखिने हुँदा आयोडिन युक्त नुनको मात्र प्रयोग गर्न सरोकारहरुले सुझाव दिएका छन् । नेपालमा फेब्रुअरी महिनालाई आयोडिन मन्थको रुपमा मनाउँदै आएको छ ।

    प्रकाशित मिति :माघ १८ २०७९ बुधवार - १७:५९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij