Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मुक्तिनाथ विकास बैंकका ग्राहकले चिरायु नेशनल अस्पताल एण्ड मेडिकल संस्थानमा विशेष छुट पाउने

मुक्तिनाथ विकास बैंकका ग्राहकले चिरायु नेशनल अस्पताल एण्ड मेडिकल संस्थानमा विशेष छुट पाउने


  • 2.0K
    Shares

    मुक्तिनाथ विकास बैंकका ग्राहकले चिरायु नेशनल अस्पताल एण्ड मेडिकल संस्थानमा विशेष छुट पाउने

    मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौंको बसुन्धरामा रहेको चिरायु नेशनल अस्पताल एण्ड मेडिकल संस्थानले दिने सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

    मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिने उद्देश्यका साथ अस्पतालले दिने सेवाहरुमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको गरेको छ ।

    यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरुले चिरायु नेशनल अस्पतालमा विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म विशेष छुट पाउन सक्नेछन् । बैंकको यस सहकार्यबाट बैंकका ग्राहकवर्गहरु लाभान्वित हुने र स्वास्थ्य उपचारमा पहुँच पुग्ने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

    प्रकाशित मिति :माघ १८ २०७९ बुधवार - १७:४३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij